२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

चाँगुनारायणमा कला र साहित्यको फ्युजन महोत्सव सम्पन्न

भक्तपुर । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसर पारेर ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ सम्पन्न भएको छ।

नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयको आयोजनामा भएको महोत्सव चाँगुनारायण नगरप्रमुख जीवन खत्रीको सभापतित्वमा र नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो हो ।

महोत्सवमा देशभरका चर्चित कविहरूले सम्पदा र प्रकृतिमाथि आधारित कविता वाचन गरे भने चित्रकारहरूले चाँगुनारायण क्षेत्रका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारे। चित्रहरू हेरेर कविहरूले तिनकै प्रेरणामा कविता सिर्जना र वाचन गरेका थिए।

कार्यक्रममा उपकुलपति राईले कवि र कलाकारलाई कदरपत्रसहित सम्मान गर्दै सम्पदा संरक्षणसहित कला-साहित्य पर्यटन प्रवर्द्धनको आधार बन्ने धारणा राखे। नगरप्रमुख खत्रीले चाँगुनारायणमा साहित्यिक प्रतिष्ठान स्थापना गर्ने घोषणा गरे।

अन्य नगर प्रतिनिधिहरूले पनि कला र साहित्यको फ्युजनमार्फत सम्पदा प्रवर्द्धन गर्ने प्रयासलाई उदाहरणीय भन्दै अनुकरणीय कदम भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?