शक्ति राष्ट्रका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन पुस्तक सार्वजनिक

भक्तपुर — शक्ति राष्ट्रका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ। चाँगुनारायण नगरपालिका, भक्तपुरका पूर्व मेयर सोमनाथ मिश्रद्वारा लिखित यस पुस्तकलाई संघीय संसदका सभामुख देवराज घिमिरे, माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेत, नेपाली काँग्रेसका सांसद दुर्लभ थापा, र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कविन्द्र बुर्लाकोटीले संयुक्तरूपमा विमोचन गरेका हुन्।

पुस्तक विमोचन कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा राजनीतिक स्थायित्वको खाँचो रहेको उल्लेख गर्दै भने, “राजनीतिक स्थायित्व भएका राष्ट्रहरूमा विकासले अग्रगति लिएको छ, नेपालमा पनि यस्तै स्थायित्व आवश्यक छ।” उनले लोकतन्त्रको बलियो पक्ष स्वतन्त्रता भएकोमा जोड दिए।

सभामुख घिमिरेले भने, “लोकतन्त्रको सार भनेकै जनताको स्वतन्त्रता हो। जबसम्म राजनीतिक स्थायित्व हुँदैन, तबसम्म जनताको विकास र समृद्धिको यात्रा सम्भव हुँदैन।”

पुस्तकका टिप्पणीकारहरूले विभिन्न शक्तिशाली राष्ट्रहरूको राजनीतिक दलहरूको व्यवहार, सत्ता प्राप्तिपछि उनीहरूको जनताप्रतिको भूमिकाको गहिरो विश्लेषण गरिएको बताएका छन्। उनीहरूका अनुसार पुस्तकले सत्ता प्राप्त गरेपछि जनताको पक्षमा खासै सक्रिय नभएका दलहरूको आलोचना मात्र होइन, दीर्घकालीन रूपमा जनताका पक्षमा काम गरेका दलहरूको उदाहरण पनि प्रस्तुत गरेको छ।

वक्ताहरूले कतिपय मुलुकमा संसद र संविधानकै संरचनाले राजनीतिक दलहरूको जन्म गराएको तथ्यलाई पुस्तकले प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। कूटनीतिक चासो राख्ने व्यक्तिहरूका लागि पुस्तक निकै उपयोगी हुने उनीहरूको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, रास्वपाका नेता कविन्द्र बुर्लाकोटी, नेकपा (एमाले) नेता योगेश भट्टराईलगायतले पुस्तकको विषयवस्तुमा धारणा राख्दै लेखक सोमप्रसाद मिश्रलाई बधाई तथा शुभकामना दिएका थिए।

उक्त पुस्तकले विश्वका प्रमुख राष्ट्रहरूको राजनीतिक प्रणाली, सत्ता अभ्यास, पार्टी निर्माण प्रक्रिया, तथा जनउत्तरदायित्वको विविध पक्षलाई समेटेर समसामयिक नेपाली राजनीतिक परिवेशमा अध्ययनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?