भीमदत्त १३ मा ऐलानी जग्गा नापजाँच सुरु

कञ्चनपुर, १३ जेठ, खडक कोली: कञ्चनपुरकोे भीमदत्त नगरपालिका एक वडामा ऐलानी जग्गा नापजाँच शुरु भएको छ । मंगलबारदेखि भीमदत्त नगरपालिका १३ नम्बर वडामा ऐलानी जग्गा नापजाँच शुरु भएको होे । वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले वडाको दक्षिण भूगोल जिरो प्वाईन्ट हात्तीसारबाट ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए । वडाध्यक्ष झक्कासले बषौँदेखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न शुरु गरिएको बताए ।

‘हामीलाई मेयर साप पदम बोगटीले भूमिको कामकाज बढाउन दिएको निर्देशन अनुरुप मैले आफ्नो वडामा यस अघि विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न शुरु गराएको छु, ‘उनले भने, ‘पहिला अव्यवस्थित बसोबासीको जमिन नाप्छु, त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमबासीका लागि जमिन खोज्छु ।’ आफुले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप जनतालाई जमिनको स्वामित्व दिलाउने वडाध्यक्ष झक्कासले संकल्प गरेका छन । अझैपनि छुटफुटलाई समावेसका लागि आयोगसंग छलफल गरिने वडाध्यक्ष झाक्कासले बताए ।

भीनपा १३का वडा सचिव हर्क बहादुर धामीले यस अघि भूमिहिन दलित तर्फ १३, सुकुमबासी तर्फ ३ र अव्यवस्थित बसोबासी तर्फ ३ सय १८ जनाले फारम भरेको बताए । वडा सचिव धामीले नापजाँचको कामकाज शुरुवात भएसगै जग्गाधनी प्रमाण पत्र वितरणका लागि आयोग मार्फत अघि बढ्ने बताए । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले देशभर आयोगले तिव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको बताउँदै नपाजाँचसंगै लालपुर्जा वितरण गरिने बताए । १९ वडा रहेको भीमदत्त नगरपालिकाले सबै वडाहरुमा जमिन नापजाँच हुने जनाएको छ । भीमदत्त नगरका मेयर पदम बोगटीले नगरका सबै भूमिहिन सुकुमबासी जनता, अव्यवस्थित बसोबासी भूमिहिन दलितलाई चुनावी प्रतिबद्धता अनुरुप जमिनको मालिक बनाउने बताउँदै आएका छन । मेयर बोगटीले नगरपालिका संयन्त्र सहित सबै वडा जिम्मेबार निकायलाई भूमिको समस्या समाधान तर्फ गम्भिर भएर कामकाजमा खटिन आग्रह गर्दै आएका छन ।

यस अघिका भूमि आयोग कञ्चनपुरले दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी सहितका भूमिहिन जनतालाई लालपुर्जा वितरण गरिएको थियो । हात्तिसार गाँउदेखि शुरुवात गरिएको नापजाँचसंगै भीनपा १३का भूमिहिन जनता जमिनकोे मालिक बन्न पाउने आशामा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?