आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा

कञ्चनपुरः आर्थिक अभावमा सुदूरपश्चिम प्रदेश दार्चुलाका एक युवा संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महाकाली नगरपालिका २पण्डोराका जमन सिह कार्की संकटमा परेका हुन ।

कार्की चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन । कञ्चनपुर महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका कार्की हाल बुटबल बस्दै आएका छन । उनी क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन । दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन ।

क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उनको उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा लाग्ने भनिएको छ, कहाँबाट ल्याएर उपचार गर्ने संकटमा छौँ ।’ आर्थिक अभावमा उपचार नहुने भएपछि कार्की संकटमा परेपछि कार्की परिवारले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?