आईपीएलका आगामी सबै खेल रद्द

काठमाडौं । पाकिस्तानसँग तनाव बढ्दै गएपछि भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को सिजन रद्द गरिएको छ । पाकिस्तानसँग बढ्दो तनावका कारण आईपीएल रद्द गर्ने निर्णय गरेको बीसीसीआईले जनाएको छ । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारत–पाकिस्तानबीच तनाव बढेको हो । त्यसयता दैनिक भारत र पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी भइरहेको छ । बिहीबार भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका हवाई आक्रमणपछि पाकिस्तानले पनि जवाफी हमला सुरु गरेको छ । जसले गर्दा अहिले भारत र पाकिस्तानबीच पूर्णस्तरको युद्धको खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?