अपरेसन सिन्दूर: मसूद अजहरले नेपालबाट भारत उडेको १९९९ एयर इन्डिया हाइज्याक घटना

काठमाडौं– चरमपन्थी संगठन जैश–ए–मोहम्मदले भारतले पाकिस्तानमा गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका दस सदस्य र चार नजिकका सहयोगीहरू मारिएको बताएको छ । यस सम्बन्धमा, जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार एक विज्ञप्ति जारी गरेको थियो ।

बीबीसीका अनुसार मृत्यु हुनेमा मसूद अजहरकी दिदी र भिनाजु, भन्जाकी श्रीमती र भान्जीका साथै पाँच जना बालबालिका छन् । पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ ।

कान्दाहार अपहरणको समयमा मसूद अजहरको सबैभन्दा बढी चर्चा भएको थियो । डिसेम्बर २४, १९९९ मा काठमाडौँबाट नयाँ दिल्लीका उडेको एयर इन्डियाको विमान ८१४ हाइज्याक भएको थियो । हर्कत–उल–मुजाहिद्दिन पाँच जना सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान अपहरण गरेका थिए ।

उक्त विमानलाई पहिलो अमृतसर, लाहोर र दुबई हुँदै अफगानिस्तानको कान्दहार विमानस्थलमा पु¥याइएको थियो । विमान अपहरणको क्रममा रिहाइको माग गरिएका तीन चरमपन्थीहरूमा मसूद अजहरको नाम पनि समावेश थियो।

भारत सरकारका तत्कालीन विदेशमन्त्री जसवन्त सिंहले मसूद अजहरलाई विशेष विमानमा कान्दहार लगेर हस्तान्तरण गरेका थिए । त्यसबेलादेखि भारतका सुरक्षा एजेन्सीहरूले मसूद अजहरलाई खोजिरहेका छन् ।

मसूद अजहरलाई भारतमा प्रतिबन्धित संगठन जैश–ए–मोहम्मदको प्रमुखको रूपमा चिनिन्छ । भारत सरकारले यस संगठनको मुख्यालय पाकिस्तानी पञ्जाबको बहावलपुरमा रहेको दाबी निरन्तर गर्दै आएको छ ।

भारतले पहिलो पटक पाकिस्तानको १०० किलोमिटर सीमाभित्र आक्रमण गर्नुको एउटा कारण यो पनि मानिन्छ । भारतले बारम्बार पाकिस्तानलाई मसूद अजहरलाई सुम्पन आग्रह गर्दै आएको छ तर पाकिस्तानले सधैँ उनी पाकिस्तानमा नभएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?