सरकारबाट बाहिरिने सङ्केत किन गर्दै छन गगन थापा ?

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसकेको बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

थापाले पुराना नेताका कारण देशमा बेचैनी बढिरहेको बताए । ‘नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन् । हामी अब यो गाडी तिमीले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?