शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

८ बैशाख, काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनु भएको हाे । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न, सरकारले लगानी सुरक्षित गर्ने बताउनुभएको थियो । शिक्षामन्त्री भट्टराईले उक्त विषयमा बोलेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?