भक्तपुरमा बिस्का जात्राको क्रममा रथको च्यापिएर एक जनाको मृत्यु

भक्तपुर, । बिस्का जात्राको चौथो दिन भक्तपुरमा दुःखद घटना भएको छ। भैरवनाथको रथ तान्ने क्रममा एक व्यक्ति रथको च्यापिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८, सिपाटोलस्थित इटबूमा बस्दै आएका ३६ वर्षीय सुशील तमखू रहेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार, भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन गाःहिटीबाट रथ लैजाने क्रममा तमखू रथको चक्कामा परेका थिए।

प्रहरीका अनुसार रथले उनको शरीरको बीच भागमा किचेको थियो र घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।

बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक हो जसमा हजारौं मानिस सहभागी हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?