नेकपाद्वारा २७औं वीरता दिवसका दिन गरियो एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) ले २७औं वीरता दिवस कालिकोटको माल्कोटमा भव्य कार्यक्रमसहित मनाएको छ। माल्कोटको शेरापाटा विद्यालयमा आयोजित जनसभामा सयौं स्थानीय जनताको सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीले माल्कोटवासी महिलाहरूले २०५४ सालमा तत्कालीन दमनकारी सत्ताको प्रतिरोधमा देखाएको साहसको उच्च प्रशंसा गर्दै समाजवादी गणतन्त्रको पक्षमा एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गर्नुभयो।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव राजकुमारी सीले महिलाहरूको विद्रोहलाई सामान्य नठान्न चेतावनी दिँदै क्रान्तिमा महिलाहरूको भूमिकाको महत्व औँल्याउनुभयो।

२०५४ सालको यही दिन माल्कोटमा प्रहरी दमनको विरोधमा महिलाहरूले ढुंगा, लाठी र घरेलु हतियारसहित प्रतिरोध गर्दै प्रहरीको हतियार खोसेर पार्टीलाई बुझाएको स्मरणमा यो दिवस मनाइने गरिएको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू अविचल सी, बलवान सी, विक्रम सी लगायत नेताहरूको आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?