होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

कञ्चनपुर, १४ चैत्र : कञ्चनपुरका क्रियाशिल पत्रकारले होली खेलेर बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग गरेका छन । जिल्लाका क्रियाशिल पत्रकारले रंगहरुको पर्व होली खेलेर लामो समयदेखि बिरामी रहेका पत्रकारद्वय डिल्लीराज पन्त, सुजित रमेश सिनाल र मोटरसाईकल दुर्घटनामा परेका पत्रकारद्वय माधव पौडेल, कृष्णदत्त जोशीलाई आर्थिक सहयोग गरेका हुन । क्रियाशिल पत्रकारले आफ्नै सहकर्मी संकटमा परेका बेला केही उपचारमा सहयोगार्थ सहयोग गरेको जनाएका छन । चारै पत्रकार पन्त, सिनाल, पौडेल र जोशीलाई नगद ५ हजार १सय रुपैयाका दरले आर्थिक सहयोग गरिएको छ ।

२४ सै घण्टा जनताको काममा खटिने पत्रकार संकट पर्दा सक्दो उपचारका लागि सक्दो आर्थिक सहयोग गरेको क्रियाशिल पत्रकारका सदस्य भाष्कर केसीले बताए ।
होली खेलेर आफ्नो उपचारका लागि आर्थिक सहयोग गरेको भन्दै चारै जना पत्रकारले क्रियाशिल होली खेल्ने पत्रकारप्रति अभार प्रंकट गरेका छन । गत बर्षपनि होली खेलेर अनाथालयमा सहयोग गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्रियाशिल पत्रकार होली समुहका अगुवा राजेन्द्र विष्ट, भाष्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद राना, बिमल धामी, धनसिह धामी, रमेश कार्की सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?