स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी संघ संगठन दर्ता

कञ्चनपुर, १२ चैत्र: सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)का लागि १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका छन । २७ चैत्रमा हुने स्ववियु निर्वाचनका लागि सुपविको केन्द्रीय क्याम्पसमा १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका हुन । निर्वाचन संयोजक कर्णदेव भट्टले ७ विद्यार्थी संघ संगठन सहित ३ स्वतन्त्र विद्यार्थी समुहले संगठन दर्ता गरेको बताए ।

संयोजक भट्टका अनुसार नेवि सघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियू, अखिल (समाजवादी), बहुमत निकट क्रान्तिकारी, प्रजातान्त्रिक विद्यार्थी संगठन सहित दिपेन्द्र भट्ट नेतृत्वको संयुक्त विद्यार्थी समुह, पुष्करराज पन्त नेतृत्वको स्वतन्त्र विद्यार्थी समुह र बिरेन्द्र सिह नेतृत्वको स्वतन्त्र विद्यार्थी आवाजले संगठन दर्ता गराएका छन । संघ संगठन दर्ता गराएसंगै स्ववियु निर्वाचनमा होमिएको विद्यार्थी संघ संगठनले जनाएका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले संगठन दर्ता गरेसंगै आवश्यक चुनावी प्रकृयामा अघि बढेको बताए । यस अघि जिल्लामा २ क्याम्पस जितेको क्रान्तिकारीले सुपको केन्द्रीय सहित अन्य आंगिक क्याम्पसमा पनि संगठन दर्ता
गराएको छ ।

नेवि संघका जिल्ला अध्यक्ष नरेश पण्डितले पनि संगठन दर्तासंगै चुनावको तयारीमा जुटेको बताए । यस अघि ५क्याम्पस जितेको नेवि संघले सुपको केन्द्रीय सहित अन्य आंगिक क्याम्पसमा संगठन दर्ता गराएको बताए । सुपवि स्थापनाको झण्डै डेढ दशकमा पहिलो पटक केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ । सुपपिको केन्द्रीय सहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?