काठमाडौँ । आज देखि नेपालमा प्रि-मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम सकिए लगत्तै आज बाट प्रि-मनसुन लागेको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि-मनसुन लाग्छ।
‘
तर नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि-मनसुन नै मान्नुपर्ने मौसमविद्को भनाइ छ। त्यसो त मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भए पनि २/४ दिन अघिपछि पनि हुनसक्छ।
अबदेखि वर्षासँगै चट्याङ पर्ने र हावाहुरी आउने क्रम बढ्ने उनले बताए।














