बालेन्द्र शाह र संखर पोखरेलको चल्यो दोहोरी

काठमाडाैं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले देश नडुबाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेपछि एमाले महासिचव शंकर पोखरेलले पनि समाजिक सञ्जाल बाटै जवाफ फर्काएका छन् ।

मेयर बालेनले शुक्रबार राति फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै देश नडुबाउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नुभाको, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला’, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मेयरले कुन प्रसंगमा प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् भन्ने विषय प्रस्ट पारेका भने छैनन् । तर बालेनको स्टाटसको जवाफ एमाले महासचिव शंकर पोखरेलले पनि सामाजिक सञ्जालबाटै दिएका छन् ।

उनले भनेका छन्, ‘काठमाडाैं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?