२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नयाँ आर्थिक मार्गकाे नीति कार्यान्वयन गर्ने बिप्लवको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सी ले “नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको हुँदा देश परनिर्भर भएको उल्लेख गर्दै पार्टी र देशलाई नै आत्मनिरभरता र समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने बताएका छन् ।”


नेकपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै महासचिव विप्लवले देशको परनिर्भरता अन्त्य गर्न र आत्मनिर्भर अर्थतन्त्रकाे लागि पार्टीले बनाएको नयाँ आर्थिक मार्गकाे नीति कार्यान्वयन गर्ने बताएका हुन् ।

विप्लवले “नेपालकै माटो, साधन र श्रोत प्रयोग गरेर आत्मनिर्भर हुँदै समृद्धितिर जाने अर्थतन्त्र नेपालमा आवश्यक रहेको जिकिर गर्दै त्यसका लागि नेपालमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी नेपाली विशेषताको समाजवाद अनिवार्य भएको जिकिर समेत गरे ।


पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन पार्टी प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा स्थायी समिति सदस्यहरुसहितकाे उपस्थिति रहेको थियो ।


मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस र अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जबस मोर्चाका नेता, सामना सांस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने बताइएको छ ।

यस्तै आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने उल्लेख गरेको छ ।

बैठकका निर्णयहरुसहितकाे प्रेस वक्तव्यकाे पूरा पाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?