६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

रुसी सेनामा नेपाली युवा भएको तथ्यांक छैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारले रुसी सेनामा नेपाली युुवा भएको तथ्यांक नभएको जनाएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले रुसी सेनामा नेपाली युवा रहेको तथ्यांक नभएको बताएकी हुन् ।

सञ्चारमन्त्री शर्माले युद्धग्रस्त क्षेत्रमा नेपाली युवालाई जान रोक लगाएको बताउँदै भनिन्, ‘युद्धग्रस्त देशहरुमा नेपाली युवाहरु विभिन्न तरिकाले जाने भएकाले त्यो सरकारलाई थाहा हुने कुरा भएन । रुसी सेनाको बारेमा पहिला पनि कुरा आएका थिए । त्यहाँ नेपाली युवाको मृत्यु भयो भन्ने कुरा आएको छ । यो बियषमा हामी सबै संवेदनशिल छौँ ।’ उनले यसबारे सरकारले पनि अब तथ्यांक राख्नुपर्ने धारणा राखिन् ।

सञ्चारमन्त्री शर्माले नेपाली युवाहरु विभिन्न दलालहरुमार्फत् प्रलोभनमा परेर रुसी सेनामा भर्ती हुने गरेको बताइन् । ‘युद्धग्रस्त क्षेत्रमा पुगेका युवाहरुबारे घटना घटिसकेपछि खबर आउने गरेका छन्’ उनले भिनन्, ‘तर, यसबारेमा सरकारले खोजबिन गर्नुपर्छ । तथ्यांक पनि राख्नुपर्छ । तर, मुल कुरा यसरी प्रलोभवनमा परेर युद्धग्रस्त क्षेत्रमा जानु हुन्न भन्ने कुरा हामीले हाम्रो युवाहरुलाई भन्नुपर्छ भन्नेमा सरकार सचेत छ ।’

गैरकानूनी रुपमा युवाहरु रुसी सेनामा गएको भएकाले सरकारले तथ्यांक राख्न नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?