कैलाली । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरो समिती तथा युवा संगठन पश्चिम कमानले राहत सामग्री पठाएको छ । नेकपा र युवा संगठनले सहयोगीदाताबाट कैलाली जिल्लाबाट संकलन गरेको राहत बिहीबार भूकम्प प्रभावित जिल्लामा पठाएको नेकपा केन्द्रिय सदस्य प्रकाश सी ले बताए ।
राहत सामग्रीमा लत्ता- कपडा, ब्लाङ्केट,खाद्यान्न , सहित नगद रकम पठाइएको उनले बताए । नेता प्रकाशका अनुसार करिब २ लाख २० हजार बराबरको सामान र नगद ५५ हजार रकम दिएको छ ।
यसरी नेपाल कम्युनिस्ट पार्टीले देशैभरि राहत संकलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकाेट र रुकुम पश्चिममा राहत सामग्री पठाएको छ । साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल , १ लाख नगदसहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाई सकेको छ ।