नेकपा उपत्यकाब्युरोकाे संयुक्त सङ्कलित ३३ लाख बराबरको राहत महासचिवलाई हस्तान्तरण

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्यूरो र युवा संगठन नेपाल उपत्यका ब्यूरोले सयुक्त राहत संकलन पछि ३३ लाख बराबरको सामान नेकपा महासचिव बिप्लब सि लाई हस्तान्तरण गरेका छन् ।

रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावितका लागि केहि दिन देखि राहत सङ्कलन गरिरहेको सङ्गठनले ३३ लाख बराबरको राहत संकलन गरी आज नेकपा महासचिब विप्लव सी लाई हस्तान्तरण गरेको युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज,अनिल सि ले जानकारी गराएका हुन् ।

उपत्यका ब्यूरो ईन्चार्ज कृति सि, युवा संगठन नेपाल उपत्यका ब्यूरो ईन्चार्ज,अनिल सि ले राहत सामान हस्तान्तरण गरेका थिए ।

काठमाडौंको कपुरधारास्थित नेकपा उपत्यका ब्युरो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि समग्र ब्युरो अन्तर्गतका जिल्लाहरुबाट नगद १ लाख ३३ हजारसहित ३३ लाख बराबरको राहत संकलन गरिएको अनिल सी ले बताएका छन् । बुधबार नेकापको पार्टी कार्यलयमा संकलित राहत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन गरि उक्त सामान हस्तान्तरण गरिएको थियो ।

ब्युरो अन्तरगतका जिल्लाहरुमा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्यहरुको कमाण्डमा सुरु गरिएको राहत संकलन अभियानमा ज्ञानु सी, राजकुमारी सी, बन्धु सी, भृकुटी सी, बिहानी सी, सुरेन्द्र सी, सुदर्शन सी, डीआर ,अनील सी लगाएतका नेताहरुले नेतृत्व गरेका थिए भने अभियानमा पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

पार्टी केन्द्रको आफ्नो केन्द्रिय उत्पादनबाट भुकम्प प्रभावितहरुलाई खाद्यान्न र नगद दिने निर्णयसँगै देशै भरीबाट भूकम्प पीडितका लागि भनेर नेकापाले राहत सङ्कलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?