काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल उपत्यका ब्यूरोले ६० हजार बराबरको होलसेल रेटमा औषधि प्राप्त गरेको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सङ्कलन अभियानमा रहेको युवा सङ्गठन साथै नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला १ ले राहत स्वरुप उक्त औषधि र १०० जनालाई पुग्ने म्याट पनि जम्मा गरेकाे युवा सङ्गठन नेपालका उपत्यका व्युरो इन्चार्ज अनील सी ले जानकारी दिएका हुन् ।
उनका अनुसार , कलेक्सन भएको उक्त सामाग्री जाजरकोटमा लगेर पीडितलाई बुझाइने छ । विप्लव नेतृत्वको नेकपाले पिडितको लागि भनेर राहात संकलन अभियान नै शुरू गरी देशै भरी बाट कपडा,भाँडाकुँडा,खाद्यान्न र आर्थिक संकलन जस्ता सामग्री जम्मा गरिरहेको जनाएको छ । उक्त संकलन भएको राहत सामग्री नेकपाले रुकुम र जाजरकोटमा लगेर पीडितलाई बुझाउने छ ।