काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी को शब्द रचना रहेको “साम्यवादी “बोलको गीतमा कार्टुन क्रू ग्रुपले धमाकेदार अभिनय गरेका छन् । कार्टुन क्रू डान्स ग्रुपले अभिनय गरेकाे सो गीत शुक्रवार बानेश्वरमा एक बिमोचन कार्यक्रम आयोजना गरी सार्बजनिक गरिएको हो ।
प्रवक्ता प्रकाण्ड सी ले विमोचन कार्यक्रममा बोल्दै “कला सस्कृति र साङ्गितिक क्षेत्र सास्कृतिक क्रान्तिको एक मूल आधार समेत भएको बताउँदै नेपालको कला सस्कृति माथी भइरहने सस्ताक्षेपलाई निर्मुल पार्न सबैले आ – आफ्नो ठाउँबाट जुट्नु पर्ने बताए । साथै ‘नेपाली सस्कृतिलाई जनताको सस्कृती बनाउन नसकिएकाले , अहिले पनि नेपालको कला सस्कृती सामन्तवाद साम्राज्यवादीहरुको कब्जामा रहेको हुँदा , यसलाई सास्कृतिक रुपान्तरण सहित उनीहरुको चंगुलबाट मुक्त बनाउनु पर्ने उनको भनाइ थियो । ” आफुले रचना गरेको जनवादी गित ‘साम्यवाद’को रचनाको पृष्ठभूमि जनवादी कला सस्कृति र जनताको आवाज भएको समेत प्रवक्ता प्रकान्डले बताएका छन् ।
जनवादी गायक, सर्जक, संगीतकार, राजनीतिज्ञ चिरन सीको संगीत, प्रकाण्ड सी को रचना र रमन थामी,कर्ण बिद्रोही, सारदा रसाइली, सुसिला सी, प्रगती महरा लगायतका चर्चित जनवादी कलाकारहरुको आवाज रहेको साम्यवाद’बोलको गीत शुक्रबार चिरन पुन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा नृत्यकार प्रजिता पौड्याल,, सरल सी, सुबिना तामाङ, सङिता सी, मन्दिरा दोङ्ग, महेस्वरमान राज भण्डारी , ध्वनी सम्पादक नारायण दङ्गाल, सङ्गीत सम्योजन सुबिर चौहान ,टिम कार्टुन,साजन चौहान, किरण राई, अशोक घिमिरे, सङ्गिता गुरुङ्ग,लक्षमण सी, प्रस्तुती सी, भिडियो सम्पादन जितु तामाङ लगायतका कलाकारहरु अनुबन्धित रहेका छन् ।