इजरायलमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै अखिल क्रान्तिकारीले गर्यो देशै भरि दीप प्रज्वलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काे आयोजनामा प्यालेस्टाइनद्वारा इजरायलमा गरिएको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज देशै भरी दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

मंगलबार बेलुकी पुतली सडक स्थित रत्न राज्यलक्ष्मी क्याम्पस ,बानेश्वर बहुमुखि क्याम्पस, लागायत उपत्यका भित्र र बाहिरका बिभिन्न ठाउँहरूमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दीप प्रज्वलन गरिएको हो ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बाँकी नेपाली विद्यार्थीहरुको यथाशीघ्र उद्धार गर्न सरकारले पहल गरोस् भन्ने उनीहरूको माग छ ।

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित अलुमिम कृषि फार्ममा बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ११ महिनाका लागि इन्टर्न गर्न एक महिना अघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?