१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

इजरालमा हमासको आक्रमणमा परी काम सिक्न गएका ७ नेपालीको मृत्यु

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका ७ नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका ७ नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । तर,दुबै देशका सरकारले भने औपचारिक रुपमा पुष्टि गरिसकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित नेपाली कार्यरत एउटा कृषि फर्ममा हमासले रकेट हमला गरेको थियो । गाजा क्षेत्रबाट नजिक रहेको इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा एउटा फर्ममा नेपाली काम कार्यरत थिए । सो क्षेत्रमा अझै तनावको स्थिति रहेकोले कति नेपालीहरुको मृत्यु भएको भन्ने एकिन विवरण आउन सकेको छैन ।

हमलाको साइरन बजेपछि ६० सेकेन्डमा बंकरभित्र पसिक्नुपर्ने थियो । सोही क्रममा बंकरमा जाँदै गर्दा रकेट विस्फोटका छर्रा लागेर नेपालीसहित घाइते भएका थिए ।

सुरुमा ९ जना नेपाली घाइते भएको जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नरहेको बताएको छ ।

नेपाली समयअनुसार शनिबार विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा हमास समूहबाट आक्रमण सुरु गरेको थियो ।

हाल इजरायलमा ४ हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै,लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत २६५ जना नेपाली विद्यार्थीहरु इजरायलका विभिन्न फर्ममा कार्यरत छन् ।

नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना,त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?