न्युयोर्क : शिलर इन्स्टिच्युटले विश्वव्यापी रूपमा चार प्रख्यात जर्मन विज्ञहरूद्वारा युरोपमा पहिलो पटक प्रकाशित गहिरो र राम्ररी सोचेको शान्ति प्रस्तावलाई विश्वव्यापी रूपमा परिचालित गरिरहेको छ । शान्तिपूर्ण वार्ता द्वारा युद्धको अन्त्य शीर्षकमा अगस्ट २८, २०२३ मा पहिलो पटक प्रकाशित भएको प्रस्तावमा प्रा डा. पिटर ब्रान्ड, प्रा डा हाजो फङ्के, जनरल हाराल्ड कुजात (रि.), र प्रा डा एचसीले हस्ताक्षर गरेका छन् । Horst Teltschik
अन्तराष्ट्रिय शिलर संस्थानले युद्धको शान्तिपूर्ण वार्ताद्वारा समाधान गर्न आग्रह गरेको छ । सेप्टेम्बर २५ गतेका दिन एक प्रेस विज्ञप्ति जारी गर्दै नाटो (NATO) विश्व युद्धका लागि अघि बढेको र यसले सैन्य र परराष्ट्र मामिलामा असर पार्ने संस्थानको भनाइ छ । साथै सैन्य र विदेशी मामिलाका विशेषज्ञहरूले शान्तिको लागि गरे वार्ताको आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा अमेरिकी सेना रणनीतिक क्षेप्यास्त्र प्रणाली (ATACMS) लामो दूरीको मिसाइलहरू पठाउन चाहेको र जर्मन भूभाग हुँदै लामो दुरीका क्रुज मिसाइलहरु पठाएर रूसी भूभागमा प्रहार गर्न सक्षम रहेको विभिन्न प्रतिवेदनले देखाएको शिलर संस्थानको आरोप छ । नाटोको यो किसिमको सक्रियताले रूस सँगको प्रत्यक्ष वा गलत नियतले विश्वमा आणविक युद्धको खतरा रहेको संस्थानले बताएको छ । युद्धको शान्तिपूर्ण समाधानको पक्षमा कार्य गर्न संस्थानले आफू संग मिलेर काम गर्न पनि आग्रह गरेको छ ।