कञ्चनपुर : सुदुरपश्चिम विश्वविद्यालयले कानून संकाय अन्तर्गको बीए. एल. एल. बी प्रवेश परिक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ । म्याद थप भए सँगै शैक्षिक सत्र २०८०/८१ को लागि एल. एल. बि प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको फाराम अब असोज २२ गते सम्म भर्न सकिने भएको छ ।
प्रवेश परीक्षाको फाराम यस अघिको पूर्व सूचनामा असोज १० गते सम्म मात्रै भर्न पाइने उल्लेख थियो । भर्नाका लागि लिइने प्रवेश परीक्षा भने असोज २५ गते बिहान ११ बजे हुने सुप विश्वविद्यालय कानून संकायले जारी गरेको सूचनामा उल्लेख छ । प्रवेश परीक्षाको आवेदनमा नेपाल कानून व्यबशायी परिषदले तोके बमोजिम प्रत्येक विषयमा न्यूनतम C+ (CGPA ) प्राप्त गरी १०+२ उतिर्ण भएको प्रमाण पत्र पेश गर्नु पर्ने जनाइएको छ ।
कक्षा १२ मा ग्रेड वृद्धिको लागि परीक्षा दिएका परीक्षार्थीले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउने छन् । साथै आवेदन फाराम अनलाइन बाट पनि भर्न सकिने छ ।
हाल सुदुरपश्चिम विश्वविद्यालयको कानून संकाय अन्तर्गत दुई क्याम्पसमा यो बीए. एल. एल. बी कार्यक्रम सञ्चालनमा छ । जसमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पसमा ४८/४८ गरी जम्मा ९६ जनाले पढ्ने मौका पाउने गर्दछन ।
थप जानकारीका लागि : ९८४४८०१४२०
अनलाइन फाराम भर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस् :
https://facultylaw.fwu.edu.np/admission-online.html
कानून संकायद्वारा जारी सूचना :