५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरुबीच वार्ता हुदै

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको जनाइएको छ ।

बुधबार पहिलो दिन काठमाडौंमा आन्दोलन गरेका थिय भने आज गृहमन्त्रालयमा वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ,शिक्षामन्त्री अशोक कुमार राई,शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी,शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?