महँगी ७ दशमलव ५२ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर रू एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रू ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रू १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ ।

साउन महिनामा सरकारको खर्च रू ३५ अर्ब चार करोड र राजस्व परिचालन रू ७८ अर्ब ८७ करोड रहेको छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?