१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

भोलि सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभा हुँदै

धनगढी : भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको समाजवादी मोर्चाको सुदुरपश्चिम प्रदेशको संदेश सभा भोलि मंगलबार हुने भएको छ । कार्यक्रम धनगढी सहिद गेट स्थित सौराई पार्टी प्यालेस हुन लागेको हो ।

सन्देश सभामा समाजवादी मोर्चा निकट चार पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाले जनाएको छ ।

समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?