३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

प्रधानमन्त्रीले बोलाए श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौंमा !

काठमाडौं। नेपाली कामदार वैदेशिक रोजगारीमा जाने श्रम गन्तव्य देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखलाई प्रचण्डले काठमाडौं बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा विदेशस्थित नेपाली दूताबास तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई काठमाडौं बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डले उनीहरुसँग २ दिने बैठक आयोजना गरेका छन् ।

बैठकको अध्यक्षा स्वयं प्रधानमन्त्रीले गर्ने जनाइएको छ। बैठकमा श्रम आप्रवासनका सवालहरु र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ,’प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाइएको छ ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने बताइएको छ । यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलोपटक भइरहेको बताइएको छ । बैठक मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?