कञ्चनपुर , १७ भदौ : कञ्चनपुरको महेन्द्रनगरमा वडा प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक याम बहादुर मल्लले घरेलू हिंसा न्यूनीकरण गर्नका लागि सक्रिय भूमिका खेल्ने बताएका हुन् । आईतबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
महेन्द्रनगर क्षेत्रमा बढी जस्तो मादक पदार्थ सेवन र त्यसले घरायसी विवाद निम्त्याउने गरेको उनले बताए । “बजार क्षेत्रमा लागू औषध सेवनकर्ताले रातिको समयमा अशान्ति मच्चाउने तथा चोरी डकैती गर्ने गरेको गुनासो सुन्नमा आएको छ , त्यसलाई कम गर्न हामी लागेका छौं , वडा इन्चार्ज मल्लले भने ।
अब चाडबाडको समय पनि नजिकिँदै गरेको त्यो कुरालाई ध्यानमा राखी सम्बन्धित निकायको निर्देशन बमोजिम सुरक्षात्मक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उनले आगामी दिनमा पत्रकारहरु र प्रहरी बीचको सहकार्यको सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।














