लाखौं रुपैया खर्च गरेर बनाएको पार्क देख्दा युवाहरु दुःखी

कञ्चनपुर : वर्षौ देखि बन्द रहेको पार्कमा सरसफाई । भीनपा –१६ मा रहेको बालबाटिका पार्कमा परिर्वतन ग्रुपको पहलमा सरसफाई गरिएको छ । लाखौं रुपैया खर्च गरेर बनाएको पार्क अहिले सम्म सञ्चालनमा आउन सकेको थिएन ।

परिर्वतन ग्रुपले अहिले आएर परिर्वतन आफै बाट भन्दै सञ्चालनमा ल्याउन लागेको हो । भीनपा–१६का युवाहरुले ‘परिर्वतन आफैबाट शुरु’ भन्ने नाराका साथ असारको पहिलो साता देखि हरेक शनिबार सरसफाई आवश्यक पर्ने स्थानमा युवाहरुको समुहले सफाइ गर्दै आएको छ । सोही क्रममा आज बालबाटिका पार्कमा सरसफाई गरेको हो । उक्त कार्यमा शस्त्रप्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका साथै टोलका अध्यक्ष र स्थानीयाले पनि सहयोग गर्दै आई रहेको वडा नं. १६ का अध्यक्ष केशव सिह विष्टले बताए, ‘उनका अनुसार ‘युवाहरु आफैं अग्रसर भएर गाउँ विकासमा हातेमालो गर्दे हिड्दा हामीलाई पनि वडा विकासमा सुविधा हुनुको साथै आवश्यक स्थानमा युवा परिचालन गर्न पनि सजिलो हुने छ ।’ कुनै पनि समाजको मेरुदण्ड भनेको युवा हुन, जसले समाजको विकासमा निकै ठुलो योगदान दिएका हुन्छन् । हाम्रा वडा नं.१६ का युवाहरुबाट अरु स्थानका युवाहरुले पनि यसरी आफ्नो गाउँ ठाँउको विकासको लागि पहल गरे समाज आफै बन्ने र युवाहरु कुलतबाट पनि बच्ने वडा अध्यक्ष विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?