केन्द्रीय तहसील कार्यालयले गर्यो दुई करोड रुपैयाँ असुल उपर

काठमाण्डौ / गएको आर्थिक वर्ष २०७९/८० मा झण्डै दुई करोड रुपैयाँ असुल उपर गरेको छ ।

सरकारका विभिन्न निकायको बेरुजु फर्स्याैट तथा सरकारी बाँकी रकम असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले गएको आर्थिक वर्ष २०७९/८० मा झण्डै दुई करोड रुपैयाँ असुल उपर गरेको हो ।

सरकारका विभिन्न निकायको कारोवारमा २ अर्ब ५२ करोड रुपैयाँ साँवा र ब्याजसहित असुलउपर गर्नुपर्ने देखिएको छ ।

तर गएको आर्थिक वर्ष २०७९/८० मा कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले एक करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ । यद्यपि यो रकम गएका तीन आर्थिक वर्षको भन्दा धेरै नै हो ।

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयकी कार्यालय प्रमुख नमूना कार्की दाहालले गएको आर्थिक वर्षमा ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गरिएको बताउनु भयो ।

त्यस्तै घरेलु तर्फको २४ वटा लगत कट्टा गरेको र एउटा मात्रै सरकारी बाँकीसरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेको जानकारी दिनुभयो ।

उनले कतिपय असुलउपर गर्नुपर्ने व्यक्तिहरु अदालतमा जाने र अदालतबाट असुलउपर नगर्नु भन्ने अन्तरिम आदेश लिएर आउने भएकाले पनि लक्ष्य अनुरुपको असुल उपर गर्न नसकिएको बताए ।

२०१८ सालको महालेखाको प्रतिवेदनपछि २०५९/६० सम्मको सरकारी बेरुजुतर्फ भने १८ अर्ब भन्दा बढी थियो ।

अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ असुल उपर र फर्स्याैट भइसकेको र अब १५ अर्ब १२ करोड १६ लाख ५० हजार रुपैयाँ अझै असुल उपर हुन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?