शिक्षक कुटपिट प्रकरण : तीन संगठनले भने दोषीमाथि कारबाही होस !

कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित सिद्धनाथ माध्यामिक विद्यालयमा कार्यरत लेखापाल वीरेन्द्र जोशिमाथी गत भदौ ०३ गते भएको कुटपिटको घटनाले उग्र रुप लिएको छ । कर्मचारी जोशीमाथि भएको सांघातिक आक्रमणले कानुनका मान्य सिद्धान्तको अपहेलना गरिएको भन्दै उच्च अदालत वार एशोसिएशन महेन्द्रनगर अध्यक्ष यज्ञराज जोशी , इमनेष्टी इन्टरनेशनल नेपाल समुह ७४ का सहसचिव प्रजापति नेगी ,एडभोकेसी फोरम नेपाल सु.प. प्रदेश संयोजक वीर बहादुर विष्ट सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेको छ ।

विज्ञप्ति :

३२ साउनमा शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले यौनजन्य दुव्र्यवहार गरेको आरोप लगाएका थिए । सोही आरोपमा ३ भदौँमा विद्यालयमा विद्यार्थीले बिरोध प्रर्दशन एव एकहुलहुज्जल समुहले प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाईते शिक्षक जोशीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

हिजो कञ्चनपुरको भीमदत्त नगरपालिकामा शिक्षकहरुले विद्यालय बन्द गरेर नै दोषीमाथि कारबाहीको माग गरेका थिए भने आज भने जिल्लाभर विद्यालय बन्द गरिएको छ । शिक्षकहरुले कञ्चनपुर जिल्ला प्रशासनमा घाइते जोशीको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै धर्ना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?