रविले पाएनन मोबाइल क्लिनिक सञ्चालनको अनुमति

काठमाडौं, ९ भदौ । चितवनको कालिका नगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिन अस्वीकार गरेको छ ।

मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनका लागि कानुन नभएको भन्दै नगरले अनुमति दिन अस्विकार गरेको बताइएको छ । लामिछानेले यसअघि मोबाइल स्वास्थ्य क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

उनको उक्त कार्यमा चौतर्फी आलोचना भएको थियो । स्थानीय निकायसँग समन्वय नै नगरी मोबाइल क्लिनिक र बस सेवा सञ्चालन गरेको भनेर लामिछानेको आलोचना भएपछि उनले प्रक्रिया थालेका थिए ।

चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले मोवाइल क्लिनिक सञ्चालनका लागि नगरपालिका र नगर स्वास्थ्य शाखालाई पत्र लेखेका थिए । नगरपालिकाले मोवाइल क्लिनिक सञ्चालनका लागि प्रदेशसँग अनुमति लिन लामिछानेलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?