५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

नेवि संघ कञ्चनपुरका नेता साउद नाई व्यवसायमा

कञ्चनपुर, ६ भदौँ । नेपाल विद्यार्थी संघ कञ्चनपुरका एक नेता नाई व्यवसायमा जुटेका छन । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईन्द्र साउद नाई व्यवसायमा जुटेका हुन ।
साउदले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा न्यू आर्यन हेयर सोलुसन पसल खोलेर नाई व्यवसाय संचालन गरेका छन । विद्यार्थी राजनीतिक संगसंगै उनले व्यवसाय शुरु गरेका छन । महाकाली अस्पताल व्यवस्थापन समितिको सदस्य समेत रहेका साउदले राजनीति गर्नका लागि युवा उद्यमी आवश्यक रहेको बताए ।
आइतबार एक कार्यक्तमका विच भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले उद्घाटन गर्दै युवाशक्ति विदेश पलायन हुनु भन्दा स्वदेशमै उद्यमी तर्फ लाग्नुपर्ने सुझाव दिईन । ‘हामीले अब राजनीतिगर्दा पर निर्भर भन्दा आत्मनिर्भर बन्नुपर्ने देखियो, ‘उनले भने, ‘त्यस कारण नै मैले यो व्यवसाय संचालन गरेको छु ।’ अनाथ बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिने उनले बताए । ‘हाम्रो पैशा कमाउने उदेश्य मात्रै होईन, ‘उनले भने, ‘संगसंगै समाजिक सेवा पनि हो ।’ न्यू आर्यन हेयर सोलुसनमा सैलुन सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?