काठमाडौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।
किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज (बुधबार) बिहान ४ बजे निधन भएको हो।
वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई लामो समयदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।