प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (मंगलबार) दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले सपथग्रहण गरेका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नाम सर्वसम्मत अनुमोदन भएको थियो । गत साउन १८ गते बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म प्रधानन्यायाधीश रहनेछन् ।

सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उनको जन्ममिति २०१६ मंसिर २१ गते हो । ६५ वर्षको उमेर हदका कारण उनले २०८१ मंसिर २१ गते अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?