१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

जनक ताम्राकारको ‘सम्झनाकी खोली’ नामको गीत सार्वजनिक

कञ्चनपुर : चचिर्त गायक जनक ताम्राकारको स्वरमा रहेको गीत ‘सम्झनाकी खोली’ ले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। १० महिना अगाडि आईएनजी स्टुडियोज बाट सार्वजनिक भएको उक्त गीतलाई युट्युवमा अहिलेसम्म ९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतमा गायक जनकका बुवा तुला ताम्राकारको शब्द सिर्जना रहेको छ भने संगीत उनका आफ्नै दाजु महेश ताम्राकार र जनक स्वयंको संयुक्त सृजनामा रहेको छ।

गीतमा अनेकौं कठिनाइहरू छिचोलेर प्राप्त हुने सानो तर अतुलनिय खुसीको चित्रण गर्न खोजिएको गायक ताम्राकार बताउँछन्। दुःख, संघर्स पार गरेर जीवनमा मिल्ने खुसीको गीतमा चित्रण गर्ने प्रयास गरेको उहाँको भनाई रहेको छ। उहाँले भन्नुभयो “जब दुःखहरू कटिन्छन, संघर्षलको फल मिल्छ त्यो फल मिल्दाको खुसी गीतमा चित्रण गर्न खोजेका छौँ।”

हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको उक्त गीतलाई जोसुवा भोलानले मिक्स मास्टर गरेका छन्। गीतको संगीत संयोजन बिजु कर्माचार्य र सन्नी सुनामले गरेका छन् । लोकेश बज्राचार्यले निर्देशन गरेको सम्झनाकी खोलीको भिडयोका कार्यकारी निर्माता सुलभ बुढाथोकी र आईएनजी स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोमा आर्ट निर्देशन गोविन्द सुनारको रहेको छ । आशिष बस्न्यातको छायांकनमा निर्माण भएको भिडियोमा घनश्याम जोशी र सेबिता अधिकारीको अभिनय रहेको छ।

गायक ताम्राकार पछिल्लो समय निकै चर्चामा रहेका छन्। आफ्नो आवाज र शब्दले दर्शकको मनमा बस्न सफल गायक ताम्राकारका काफल कमला, साइय्य, पियार लोकप्रिय गीतहरू हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?