५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

शरणार्थी प्रकरण अनुसन्धान गर्ने उच्च अधिकृतहरू सरुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयमा गृह मन्त्रालयले सोमबार एसएसपीहरूको सरूवा गरेको हो । सरूवा हुने एसएसपीहरूमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी, प्रहरी प्रधान कार्यालयका भुपेन्द्रबहादुर खत्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका सानुराम भट्टराई र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सोमेन्द्रसिंह राठौर रहेका छन् ।

सरुवा भएकामध्ये कार्कीलाई काठमाडौं परिसरबाट प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय लगिएको छ ।

उनीहरू दुवै जना नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरू हुन् । दुवैको पहलमा नै शरणार्थी प्रकरणमा राजनीतिक नेक्ससको पर्दाफास भएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका साथै बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू अनुसन्धानको दायरामा तानिएका थिए ।

सोही अनुसन्धानका आधारमा अदालतले सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, किर्ते र ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

यो प्रकरणसँग जोडिएको अनुसन्धान कायमै रहेको बेला गृह मन्त्रालयले अनुसन्धानमा संलग्न उच्च अधिकृतहरूको एक पछि अर्को सरूवा गर्न थालेको हो ।

यही मंगलबार मन्त्रिपरिषद्‍ले उपत्यका प्रहरी प्रमुख श्‍याम ज्ञवालीसहित पाँच एआईजीको सरूवा गरेको थियो । उपत्यका प्रहरी कार्यलयकै मातहतमा रहेर जिल्ला प्रहरी परिसर, काठमाडौं तथा अपराध अनुसन्धान कार्यालयले शरणार्थी प्रकरणको अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?