कञ्चनपुर : सिएमए संघ कञ्चनपुर कार्यसमितिले अहेव र अनमीको लोकसेवाले लिने लिखित परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने मागसहित सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सोमबार संघले धनगढी स्थित रहेको प्रदेश लोकसेवा आयोग अध्यक्ष यज्ञ राज बोहोरालाई सो माग सहित ज्ञापन पत्र बुझाएको सी एम ए संघ कञ्चनपुरका अध्यक्ष तिलक जोशीले बताए ।
संघको ज्ञापन पत्रमा भनिएको छ ,“उपरोक्त सम्बन्धमा रा.प.अनं. द्वितीय श्रेणी, सहायक चौथो तह अ.हे.व. र अ.न.मी. पदको लोकसेवा लिखित परीक्षाको पाठ्यक्रम प्रश्नपत्रको भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुन सक्नेछ उल्लेख भएपनि प्रश्नपत्र अंग्रेजी भाषामा मात्र निर्माण गर्दा प्रश्नपत्र राम्रो सँग नबुझिने भएकोले अ.हे.व., अ.न.मी. को अध्ययन गर्दा पनि नेपाली भाषामा मात्र पढाई हुने भएकोले २०८० सालको भाद्र महिनामा हुने अ.हे.व. पदको लिखित परीक्षा र अ.न.मी. पदको लिखित परीक्षा २०८० साल असोज महिनामा संचालन हुने भएकोले उपरोक्त दुईवटै पदको लिखित परीक्षा प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा निर्माण गरी परीक्षा संचालन गरिदिन हुन हार्दिक अनुरोधका साथ यो ज्ञापन पत्र पेश गर्दछौं ।”
ज्ञापन पत्र :