काठमाडौं । समाजवादी मोर्चाको आज बसेको बैठकले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा मोर्चाको बिहान बसेको बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।
मोर्चाको ८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभाको आयोजना हुने बताइएको छ । यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सन्देशसभाको आयोजना गरिने बैठकपछि नेता प्रमेश हमालले बताए ।