१३ माघ २०८१, आइतवार
१३ माघ २०८१, आइतवार

भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीको नामै सुनेको थिइनँ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफूले भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन् ।

बागेश्वर बाबासँग गृहमन्त्रीले गोप्य भेट गरेको खवर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफूले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन् ।

आफू व्यक्तिगत रुपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरु भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए ।
त्यस्तै, उनले नेपाल भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफूलाई जानकारी नरहेपनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए ।
हालै धीरेन्द्रकृष्ण शास्त्रीले सुरुमा उनले झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्चाएको भन्ने खबर पाएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?