७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

सुदुरपश्चिम विश्वविद्यालय ताला प्रकरण : नियुक्ति खारेज नहुँदा सम्म ताला नखुल्ने संगठनको अडान

कञ्चनपुर, भदौ ०३ : राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदुरपश्चिम विश्वविद्यालयमा लागेको ताला गरिएका नियुक्ती खारेज नहुँदा सम्म नखोल्ने बताएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयको कमिटीले आईतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका उपकुलपतिले राजनीतिक भागबन्डामा विभिन्न नियुक्ति गरेको कारण त्यो नियुक्ति खारेज नभए सम्म तालाबन्दी नखुल्ने संगठनका अध्यक्ष प्रेम रावलले बताए ।

गैर जिम्मेवारी पूर्ण तरिकाले भएको नियुक्ति खारेज हुनुपर्ने र अहिले उपकुलपतिले राजीनामा दिनुपर्ने हाम्रो माग छ , रावल भने । उनका अनुसार राजनीतिक नियुक्तिहरुले विश्वविद्यालयको समग्र विकासका लागि दक्ष जनशक्ति नआउने र पार्टीका निश्चित व्यक्ति भर्ना हुने हुँदा यो प्रवृत्ति गलत रहेको उनले बताए । विश्वविद्यालयमा लागेको तालाको सम्बन्धमा विश्वविद्यालयका पदाधिकारीले चासो नदिँदा अहिले सम्बन्ध कुनै सहमति नभएको सो संगठनले बताएको छ । विश्वविद्यालयमा नियुक्त खारेज गर्न तयार नभए ताला निरन्तर लाग्ने समेत संगठनको भनाइ छ । भदौ १० गते सम्म विश्वविद्यालयले कुनै सुनवाई नगरे आन्दोलन नयाँ ढंगले अगाडि बढाउने संगठनले जनाएको छ ।

उता विश्वविद्यालयले पदाधिकारीहरु भने यो तालाबन्दीलाई सामान्य ढंगले लिएको र त्यसप्रति चासो नदेखाएको स्रोतले बताएको छ । अहिले सम्म ताला लगाउने संगठन संग एकपटक छलफल नगर्नुले पनि पदाधिकारीको गैरजिम्मेवारीपन देखिएको छ ।

विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा ७ विभागीय प्रमुख र अन्य आंगिक क्याम्पस् प्रमुख नियुक्ति गरेपछि सो नियुक्तिहरु राजनीतिक भए भनेर सो विद्यार्थी संगठनले साउन १ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरको थियो ।

तालाबन्दी हुँदा क्याम्पसको नियमित कामकाज प्रभावित बनेको छ । कार्यालय तालाबन्दी हुँदा कर्मचारीहरु करिब १ महिना बढी हुँदा सम्म पनि घरमै बस्नुपर्ने बाध्यता छ ।

पत्रकार सम्मेलन कार्यक्रममा राप्रपा कञ्चनपुर भीमदत्त नगर समिति सभापति करन पाल, राप्रवि संगठन कञ्चनपुरका पूर्व अध्यक्ष नरेश कार्की , राप्रबिका सुप वि.वि उपाध्यक्ष आकाश जोशी लगायत अन्य नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?