७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

रुससँग वार्ता गर्न पश्चिमी राष्ट्रहरु किन अनिच्छुक छन ?

मस्को । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताएका छन् । रुसलाई निमन्त्रण नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले बहुपक्षीय बैठकहरू गरेका छन् ।

विदेशमन्त्री लाभरोभले अन्तर्राष्ट्रिय मामिला पत्रिकासँगको शनिबारको अन्तर्वार्तामा भनेका छन्, ‘सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रुसको बुझाइ र चाहानालाई भने पूर्णरूपमा इन्कार गरिएको छ ।’

रुस सधैं फलदायी वार्ताको लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले कीभलाई मिन्स्क सम्झौताहरू कार्यान्वयन गराउन वर्षौंदेखि प्रयास गरेको विदेश मन्त्रीको दाबी छ । विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता शुरु गर्ने युक्रेनको प्रस्तावमा रुसले प्रतिक्रिया दिएको थियो । तर, सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उनको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभरोभको आरोप छ । पश्चिमी प्रायोजकहरूले लगातार युक्रेनलाई बिग्रदो स्थिति थप भयाबह बनाउँन दबाब दिएका छन् । अहिले युक्रेनमा रूस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ ।

पश्चिमी राष्ट्रहरूको वार्ताको आह्वान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रुसले बुझेको पनि मन्त्री लाभरोभले उल्लेख गरेका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?