५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

संसद अवरोध संविधान र नियमसंगत छैन : सुवास नेम्बाङ

धुलिखेल । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसंगत नभएको बताएका छन् । संघीय संसदवारा शनिबार धुलिखेलमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा बोल्दै उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको उल्लेख गरेका हुन् ।

नेता नेम्वाङले भने, ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।’

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएको छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे । उनले भने, ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवादमात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ ।’

संसद्को हालसम्मको कामकारबाहीको मूल्याङ्कन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहित व्यक्ति रहेको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने आवश्यकतामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए । संसद्ले दिने सूचना पूर्ण, चुस्त र आधिकारित हुनपर्ने आवश्यकता औँल्याउँदै उनले लोकतन्त्रको ज्यानका रुपमा रहेको संसद् र प्रजातन्त्रका पक्षमा सञ्चार जगत्लाई सधैँभर खबरदारी गर्न सुझाव दिए ।

यस्तै, उपसभामुख इन्दिरा रानाले पत्रकारिता र संसद् आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘मुलुकको सञ्चार जगत्ले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ ।’

काठमाडौं उपत्यकाबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रही सङ्घीय संसद्लाई मुख्य बिट बनाएर समाचार संकलन गर्दै आएका करिब ५० जना पत्रकार दुईदिने उक्त अन्तक्र्रियामा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?