दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट पाँच दिनदेखि बेपत्ता भएका छन् । ५६ वर्षीय भट्ट गत मंगलवार दिउँसो तिर आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता शिक्षक भट्टको स्थानीय हरू र प्रहरीले खोजि गरिरहेका छन् ।
इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली लेकमको वडा नम्बर २ मा पुगेको छ । प्रहरी चौकी रातामाटाबाट सुरक्षाकर्मीहरुले खोजिकार्य जारी राखेपनि बेपत्ता भट्ट अहिलेसम्म फेला नपरेको बताइएको छ । – लोकदर्पण टिभि