५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

नेपाल प्रज्ञाप्रतिष्ठानको हल अब अनलाइनबाटै बुक गर्न मिल्ने

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले हल अब अनलाइन बाटै बुक गर्न मिल्ने भएको छ । प्रतिस्ठानले प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ –बुकिङ सेवा’को आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई यस सेवाको शुभारम्भ गरे ।

कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गरे । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।

सिल्भरगेट सफ्टवेयर प्राइभेट लिमिटेडले निमार्ण गरेको ‘हल–इ –बुकिङ’ शुभारम्भ कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हङ्सावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?