कञ्चनपुर, साउन ३२। सुदूरपश्चिम प्रदेशमा ‘आईआईटी ईन्सिच्युट’ स्थापना गरिने भएको छ । संघीय सरकारले देशकै पहिलो सुदुरपश्चिममा आईआइटी ईन्सिटच्युट स्थापना गर्ने भएको हो । सुदूरको प्रविधिको विकासका लागि संघीय सरकारले सुपमा आईआइटी ईन्सिटच्युट स्थापना गर्न गृहकार्य अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशमा सरकारले छिटै आईआइटी इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन । प्रधानमन्त्री प्रचण्डलाई भेटन बालुवाटार पुगेको सुदुरपश्चिमको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सुदुरपश्चिम प्रदेशमा आइआइटी इन्ष्टिच्युट स्थापना गर्न लागिएको जानकारी गराएका हुन । सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले प्रधानमन्त्री प्रचण्डबाटै सुप प्रदेशमा आईटी ईन्सिच्युट स्थापना गर्ने धोषणा गरिएको बताए ।
चीनसंग जोड्ने उरै ताक्लाकोट नाका स्थापमा गर्ने बिषयमा सुदुरपश्चिमको डेलिगेसनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । संसद सरलले ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आशन्न चीन भ्रमणमा नाका खोल्ने र सडक निर्माणको बारेमा चीन सरकारसंग छलफल हुने समेत बताए । सुप प्रदेशका आईटी ईन्सिच्युट स्थापना भएसंगै प्रदेशको प्रविधि क्षेत्रमा विकास हुनेछ ।