१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

एनआरएनए आइसिसी अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा, चाँडै प्रतिबद्धतापत्र सार्वजनीक गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । हाल संघको उपमहासचिव रहनु भएको अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आउनु भएको अधिकारी स्पष्ट वक्ताको रुपमा समेत चिनीनुहुन्छ । अघिल्लो दुई कार्यकालमा आफुले बोलेको अडानमा अडिक रहनु भएको अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

नेपालमा दर्जनौ ब्यवसायमा आबद्ध रहँदै आउनु भएको अधिकारीले युकेमा स्नोकोत्तर गर्नु भएको छ । नेपालको गोरखा जिल्लामा जन्मनु भएको अधिकारी ग्लोवल गोरखा समाजको पुर्व अध्यक्ष र हाल संरक्षक हुनुहुन्छ । अधिकारीले चाँडै नै उम्मेदवारी घोषणा सभा आयोजना गरि प्रतिबद्धता समेत सार्वजनीक गर्ने बताउनु भएको छ ।

एनआरएनएको आगामी कार्यकालको लागि निर्वाचनमा डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्र कुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?