१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

गौरीगंगा नगरपालिकामा अखिल (क्रान्तिकारी) कैलालीको १० बुँदे मागपत्र, माग पूरा नभए संघर्स गर्ने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलाली जिल्ला समितिले कैलालीको गौरीगंगा नगरपालिकामा शैक्षिक सुधारका लागि १० बुँदे माग पत्र बुझाएको छ । बुधबार अखिल क्रान्तिकारी कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले नगरप्रमुखलाई उक्त माग पात्र बुझाएका हुन ।

संगठनले राखेका मागहरु :
१.सामुदायिक बिद्यालयको गुणस्तर सुधारको निम्ति बिशेष योजना बनायर कडाइ पुर्वक लागु गरियोस् ।

२.शिक्षा क्षेत्रमा हुने गरेको शिक्षक,कर्मचारी नियुक्ति सरुवा बढुवा लगायत राजनीतिक भागबन्डाको अन्त्य गरियोस् ।

३.बिद्यालयमा आवस्यक दरबन्दी कायम गर्नुका साथै शिक्षकलाइ तालिमको ब्यबस्था मिलाइयोस!

४.निजि बिद्यालयको नियमन,अनुगमन तथा मुल्यांकन गरि मापदण्ड अनुरुप वर्गीकरण गरियोस् ।

५.सामुदायिक बिद्यालयमा सुक्ष्म अध्ययन, अनुगमन गरि भाषा लगायत विभिन्न बहानामा लिइने शुल्क खारेज गरिनुका साथै आवस्यक दक्ष जनशक्ति कायम गरियोस् ।

६.बर्ष भरी अध्ययन गराउदा कोर्स पूरा नगर्ने तर ट्युसनमा २/३ महिनामा पूरा गर्ने यस्तो गम्भीर बिसय अध्ययन गरि कारबाही गरियोस्। र निशुल्क अतिरिक्त कक्षाको ब्यवस्था गरियोस्।

७.दर्ता नभएका तथा मापदण्ड नपुगेका शैक्षिक संस्थाका नाममा गरिने ब्यापार कानूनी कारबाही गरि खारेज गरियोस् ।

८.निजि तथा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीको उचित पारिश्रमिक देखिने गरि कायम गरियोस् ।

९.विद्यार्थीले पाउने १०% छात्रवृत्ति कडाइ पुर्वक कार्यान्वयन गरिनुका साथै छात्रालाइ बिद्यालयमा निशुल्क सेनिटरी प्याडको ब्यवस्था गरियोस्।

१०.शैक्षिक क्षेत्र सुधारका लागि राम्रो कार्य गर्ने बिद्यालय,शिक्षक,विद्यार्थीलाई हौसला स्वरुप उचित पुरुसकारको ब्यवस्था गरियोस् ।

नगरप्रमुख देविदत्त कडेलले संगठनले उठाएका जायज मागहरुलाई आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूहरुले राखेका मागलाई नगरपालिकाले सम्बोधन नगरे थप संघर्ष गर्ने संगठनका इन्चार्ज प्रकाश बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?