३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

७७औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

भारत स्वतन्त्र भएको दिन अर्थात् अगष्ट १५ । मंगलबार भारतले ७७औँ स्वतन्त्रता दिवस मनाउँदैछ।

भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७६ वर्ष पूरा भएर ७७ वर्ष लागेको हो।

यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अंग्रेजको शासनबाट मुक्त भएसँगै भारतबाट छुट्टिएको पाकिस्तानले भने अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?